भोजपुर । भोजपुर नगरपालिका भित्रका २२ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई बिभिन्न सामग्रीहरु बितरण गरिएको छ ।
भोजपुर नगरपालिका भित्रका अपाङता भएका व्यक्तिलाई व्हीलचियरलगायतका सामग्रीहरु वितरण गरेको अपाङ्गता सहायता सहजकर्ता सुजन श्रेष्ठले जानकारी दिनुभयो । भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले र उपप्रमुख निर्मला शेर्पाले अपाङ्गता भएका ब्यक्तिहरुलाई ती सामग्री वितरण गर्नु भएको हो ।
सोक्रममा भोजपुर नगरपालिका भित्रका अपाङ्ग ब्यक्तिहरुका लागि क्षमता अभिवृद्धि तालिमसमेत दिईएको छ । कोशी प्रदेश सरकार र भोजपुर नगरपालिकाको सहकार्य र करुणा फाउन्डेशनको प्राविधिक सहयोगमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रमअन्तर्गत क्षमता अभिवृद्धि तालिम संचालन भएको छ ।
भोजपुर नगरपालिका भित्र दुई सय ८३ जना अपाङता भएका व्यक्ति रहेका भोजपुर नगरपालिकाले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता