काठमाडौं । नेपाल टेलिकमले जिएसएम मोबाइल तथा एफटिटिएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेज ल्याएको छ । अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजनाअन्तर्गत पाँच सय ९९ रुपैयाँमा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने (अनलिमिटेड अन-नेट भ्वाइस) तथा अन्य नेटवर्कमा सय मिनेट कल गर्न सकिने (अफ-नेट भ्वाइस) सेवासहितको सजिलो पाँच सय ९९ भ्वाइस प्याक उपलब्ध हुनेछ ।
त्यसैगरी सजिलो छ सय ३६ प्याकअन्तर्गत छ सय ३६ रुपैयाँमा अनलिमिटेड अन-नेट भ्वाइस, एक सय ५० मिनेट अफ-नेट भ्वाइस तथा सुय अन-नेट एसएमएसका साथै नौ जिबी डाटा सेवा उपलब्ध हुनेछ ।
साथै सजिलो सात सय ९९ प्याकमा अनलिमिटेड अल-नेट भ्वाइस, ३० जिबी डाटा र एक सय ५० अन-नेट एसएमएस सेवा उपलब्ध हुनेछ भने सजिलो नौ सय ९९ प्याकमा अनलिमिटेड अल-नेट भ्वाइस सेवा, ६० जिबी डाटा र दुर्ई सय अन-नेट एसएमएस सेवा उपलब्ध हुनेछ ।
कम्पनीले उच्चमात्रामा भ्वाइस तथा डाटा सेवा प्रयोग गर्ने सेवाग्राहीको मागलाई मध्यनजर गरी सजिलो १४ सय ९९ प्याक र सजिलो १९ सय ९९ प्याक पनि ल्याएको छ । प्याकेजमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ ।
त्यस्तै इण्डिया भ्वाइस कल प्याकेजअन्तर्गत ८० रुपैयाँमा एक दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने दुई सय ७० रुपैयाँमा सात दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुने कम्पनीका प्रवक्ता हरि ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता