दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको अगाडि सडकमा हुँदै आएको मोटरसाईकल तथा गाडीहरुलाई अनेत्रै पार्किङ स्थल तोकिएको छ ।
ट्राफिक चोकको पिपलबोट देखि अस्पताल रोडको पाण्डेय मेडिकल सम्मको सडक छेउमा हुदै आएको पार्किङलाई प्रतिष्ठानले प्रतिष्ठानको दक्षिणी गेटको अगाडीको भागमा लिजमा दिएको पार्किङ क्षेत्रमा सशुल्क पार्किङको व्यवस्था गर्ने निर्णय भएको छ ।
नगर प्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी, प्रहरी प्रमुख एसपी रामबहादुर केसी, प्रतिष्ठानका रजिष्टार श्याम लम्साल, उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहनसिंह सुनार, दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष नारायण भुसाल, उपमहानगरपालिकाका प्रेस संयोजक निमुसंगम घर्ती समेतको उपस्थितीमा बसेको बैठकले यही मिति २०८१ साल असार ४ गते मंगलबार देखि लागु हुने गरी सडकमा राख्दै आएका सवारीका साधनलाई अनिवार्यरुपमा पार्किङ स्थलमा शूल्क लिएर पार्किङ गर्ने निर्णय भएको हो ।
प्रतिष्ठानका कर्मचारीहरुको हकमा प्रतिष्ठानले कर्मचारी निवास क्षेत्रमा पार्किङको व्यवस्था मिलाउने निर्णय भएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts