बारा । अज्ञात समूहकाे गाेली प्रहारबाट बाराका एक क्याम्पस प्रमुखकाे हत्या भएकाे छ ।
बाराको सदरमुकाम कलैयास्थित रामराजा मोहन विक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहमाथि अज्ञात समूहले गोली हानी हत्या गरेको बारा प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार ५० वर्षीय कुशवाहामाथि अज्ञात समूहले शुक्रवार दिउँसो हरनहिया चौक भन्दा केही पर भटिनिया गाउँ नजिकैको बाटोमा मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरेको प्रहरी नायब उपरिक्षक दधीराम न्यौपानेले जानकारी गराउनुभयो ।
क्यापस प्रमुखको पिठयूमा गोली लागेको उहाँले बताउनु भयाे,‘ गोली लागि गम्भीर घाइते भएका कुशवाहालाई बीरगंजस्थित मेडिसिटी ब्योधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा अस्पतालमा उहाँको मृत्यू भएको हाे ।’
घटनाको बारेमा थप अनुसन्धान शुरु गरिएको उहाँले बताउनुभयो ।
कुशवाहा आदर्शकोतवाल गाउँपालिका वार्ड नम्बर ३ खजुरिया निवासी हुन् ।
।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता