दिगो भविष्यका लागि अन्तरसांस्कृतिक संवाद महत्वपूर्ण हुनेछ : युनेस्को

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले संयुक्त राष्ट्र सङ्घको प्रश्तावद्वारा हालै स्थापना भएको पहिलो अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवसको अवसरमा अन्तरसांस्कृतिक संवाद दिगो भविष्यका लागि महत्वपूर्ण भएको बताएको छ ।

युनेस्कोको सामाजिक तथा मानव विज्ञानका सहायक महानिर्देशक गेब्रिएला रामोसले भिडियो सन्देशमार्फत उक्त टिप्पणी गर्नुभएको हो ।

उहाँले जलवायु परिवर्तन, महामारी, द्वन्द्व र बढ्दो सामाजिक र आर्थिक असमानता जस्ता विश्वव्यापी चुनौतिहरू विद्यमान रहेको भन्दै यि समस्या समधाानका आवश्यक पहल गर्नुपर्ने बताउनु भयो । अन्तरसांस्कृतिक संवाद दिगो भविष्यको लागि महत्वपूर्ण रहेको र एकअर्कालाई बुझ्ने, सहयोग गर्ने र विश्वास विकास गर्ने माध्यम हुने पनि बताउनु भयो ।

ADVERTISEMENT

अन्तरसांस्कृतिक संवादलाई चम्काउनको लागि सबै मिलेर काम गर्न आवश्यक रहेको बताउनु भयो । संयुक्त राष्ट्र संघको ७८ औँ महासभाको शुक्रवारको बैठकले अन्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवस मनाउन चीनले प्रश्ताव गरेको प्रश्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?