काठमाडौं । आईसीसी टी२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले ७३ रनको लक्ष्य छैटौं ओभरमा भेट्टाएको छ। समूह ‘बी’ अन्तर्गत बुधबार बिहान भएको खेलमा अस्ट्रेलियाविरुद्ध सुरुमा ब्याटिङ गरेको नामिबिया ७२ रनमा समेटिएको थियो। ७३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले छैटौं ओभर खेल्दै ८६ बल बाँकी हुँदा एक विकेट गुमाएर ७४ रन बनाएको हो।
अस्ट्रेलियाका लागि ओपनर ट्रेभिस हेडले नटआउट सर्वाधिक ३४ रन बनाए। १७ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे। अर्का ओपनर डेबिड वार्नरले मात्र सात बल खेल्दै २० रन बनाए। उनले तीन चौका र १ छक्का प्रहार गरे। तेस्रो क्रममा आएका कप्तान मिचेल मार्शले ९ बलको सामना गर्दै तीन चौका र १ छक्काको मदद्तमा नटआउट १८ रन जोडे।
अस्ट्रेलियासँग नामिबिया ९ विकेटले पराजित भएको खेलमा उसका लागि एक विकेट डेभिड विसेले लिए।बुधबार बिहान भएको खेलमा टस जितेर सुरुमा फिल्ड रोजेको अस्ट्रेलियालाई नामिबियाले ७३ रनको चुनौती दिएको थियो। नामिबियाका लागि कप्तान गेहार्ड इरास्मसले सर्वाधिक ३६ रन बनाएका थिए।
४३ बलको सामना गरेका उनले चार चौका र १ छक्का प्रहार गरेका हुन्। माइकल भ्यान लिङ्गेनले १० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। नामिबियाले १७ ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाएको हो।
नामिबियालाई सस्तैमा समेट्न अस्ट्रेलियाका लागि एडम जाम्पा एक्लैले चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले मात्र १२ रन खर्चिए। उसका लागि जोश हेजलवुड र मार्कस स्टोइनिस दुई दुई विकेट हात पार्दा प्याट कमिन्स र नाथन एलिसले एकएक विकेट लिए।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts