काठमाडौं । संसदीय समितिले वीर अस्पतालमा रहेको आई.सी.यू, सी.सी.यू वेड, भेन्टीलेटर, कार्डियाक युनिट, जेरियाटिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सुचारु हुने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमवार बसेको बैठकले विर अस्पतालमा रहेको आई.सी.यू, सी.सी.यू वेड, भेन्टीलेटर, कार्डियाक युनिट, जेरियाटिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सुचारु हुने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै देशका संघीय अस्पतालमा रहेको आई.सी.यू., सी.सी.यू अवस्था अध्ययन गरी आवश्यक सुधार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देश गर्ने निर्णय पनि समितिले गरेको छ । बैठकले स्वास्थ्य क्षेत्रको सुधार एवम् सेवा प्रभावकारिता र गुणस्तर सुधारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिनुभयो । त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ओ एण्ड एम सर्वेक्षण अगाडी बढाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि भएको उहाँले बताउनु भयो । सभापति थापाका अनुसार समितिले अपरेशन थिएटरहरुलाई २४ सैँ घण्टा व्यवस्थापन गर्न समेत निर्देशन दिएको छ ।
बैठकका निर्णयबारे जानकारी दिँदै उहाँले भन्नुभयो– ‘स्वास्थ्य क्षेत्रको सुधार एवं सेवा प्रभावकारिता र गुणस्तर सुधारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देश गर्ने निर्णय भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ओ एण्ड एम सर्वेक्षण अगाडी बढाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भयो । वयलपाटा अस्पताल अछामको सञ्चालन सुदुरपश्चिम प्रदेश सरकार र न्याय हेल्प नेपालको लागत साझेदारीमा सञ्चालन भएकोमा चालु आ.व.मा प्रदेश सरकारबाट बजेट विनियोजन नभएकोले सञ्चालन व्यवस्थापनमा कठिनाई भएको हुँदा यस आ.व.मा विषेश अनुदानको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देश गर्ने निर्णय गरियो । विर अस्पतालमा रहेको आई.सी.यू, सी.सी.यू वेड, भेन्टीलेटर, कार्डियाक यूनिट, जेरियाटिक यूनिट र लिभर यूनिटमा जनशक्ति व्यवस्थापन गरी सुचारु हुने व्यवस्था गर्न साथै देशका संघीय अस्पतालमा रहेको आई.सी.यू., सी.सी.यू अवस्था अध्ययन गरी आवश्यक सुधार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देश गर्ने निर्णय गरियो । उपत्यकाका विर अस्पताल, पाटन अस्पताल, टिचिङ अस्पतालको अवस्था र सेवा प्रवाहको समितिले अनुगमन गर्ने निर्णय गरियो । अपरेशन थिएटरहरुलाई २४सैँ घण्टा व्यवस्थापन गर्न समितिले निर्णय गरेर मन्त्रीलाई निर्देशन गरेका छौँ ।’
त्यसैगरी समितिले वयलपाटा अस्पताल अछामको सञ्चालन तथा व्यवस्थापनमा कठिनाई भएको भन्दै यस आर्थिक वर्षमा विशेष अनुदानको व्यवस्था गर्न पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । सभापति थापाले उपत्यकाका वीर अस्पताल, पाटन अस्पताल, टिचिङ अस्पतालको अवस्था र सेवा प्रवाहको समितिले अनुगमन गर्ने निर्णय भएको जानकारी दिनुभयो । त्यसैगरी सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको मागको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्रीसँग छलफल गर्ने पनि निर्णय गरिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts