पाँचथर । चलचित्र ‘ऊनको स्वीटर’ शुभमुहूर्तसँगै छायांकन आरम्भ गरिएको छ । नवीन चौहानको निर्देशनमा निर्माण भइरहेको यो चलचित्रको आइतबार शुभमुहूर्तसँगै पाँचथरको साधुटारबाट छायांकन आरम्भ गरिएको हो ।
निर्देशक चौहानका अनुसार चलचित्रको सेड्युल ३५ दिनको रहेको छ । चिन्तनराज भण्डारीको छायांकन रहने चलचित्रमा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा हुनुहुन्छ ।
चलचित्रमा विपिन र मिरुनासँगै एलेक्स पारस, परीक्षा लिम्बु, माओत्से गुरुङ, सुरज तमू, मिलन खत्री, अरुण पुन मगर, भावना खपांगी मगर, कवि राई, रूपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावतीलगायत कलाकारको अभिनय छ । चलचित्रको कथा निर्देशक चौहानले नै लेख्नुभएको छ भने सहलेखन सुरज कटुवालले गर्नुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा