भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा अरुण आँखा उपचार केन्द्र स्थापना गरिएको छ ।
आइतवार एक कार्यक्रमका बीच नेपाल नेत्र ज्योती संघका केन्द्रिय महासचिव भरत चन्द र अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले संयुक्तरुपमा उपचार केन्द्रको उद्धघाटन गर्नु भएसंगै प्याउलीमा आँखा उपचार केन्द्र स्थापना भएको हो । नेपाल नेत्र ज्योती संघ भोजपुरका संस्थागत सभापति तेज मोक्तानको अध्यक्षतामा तथा नेपाल नेत्र ज्योती संघका केन्द्रिय महासचिव भरत चन्दको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
नेपाल नेत्र ज्योति संघ भोजपुरको प्राविधिक सहयोगमा गाउँपालिकाले एक जना कर्मचारी समेत नियुक्त गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले जानकारी दिनु भयो । आफनै पालिकामा आँखा उपचार केन्द्र स्थापना भएपछि स्थानीय खुसी भएका छन् ।
उद्धघाटन कार्यक्रममा नेपाल नेत्र ज्योति संघ कोशी प्रदेशका अध्यक्ष श्यामसुन्दर उदास, केन्द्रीय प्रबक्ता दोर्ण गुरागाई, कार्यक्रम निर्देशक शैलेस मिश्र, विराटनगर आँखा अस्पतालका अध्यक्ष पदमनारायण चौधरी, अरुण गाउँपालिकाका उपाध्यक्ष विनिता ढकाल, स्थानीय समाजसेवी लगायतको सहभागिता रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts