सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडक खण्डमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा ड्युटीमा खटिएका एक प्रहरीको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।
प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ब४७९ नम्बरको मोटरसाईकलमा नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरिक्षक रविन्द्र कुमार ठाकुरको मृत्यु भएको हो । प्रहरी सहायक हवल्दार सुर्य कुमार श्रेष्ठ गम्भिर घाईते हुनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख, प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेकाअनुसार सोल्पाडाँडाबाट गस्ती गदँै पुर्नः चौकीतर्फ फर्कने क्रममा प्रहरी सहायक निरिक्षक ठाकुरले चलाएको मोटरसाईकल दुर्घना भएको हो ।
उक्त मोटरसाइकल अपराहन्न ४ बजे आपंmै अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खस्दा गम्भिर घाईते भएका प्रहरी सहायक निरिक्षक ठाकुरलाई अपराहन्न ६ बजे सुनकोशी गाउँपालिका–७ खाल्टेमा रहेको आत्मीय सामुदायिक अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो ।
गम्भिर घाईते सहायक प्रहरी हवल्दार श्रेष्ठलाई भने स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका हेलिकप्टरमा काठमाडौको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पठाइएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts