जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशका लागि आफुहरु लोसपा र जनमत सहितका पार्टीहरुसंग सहकार्यका लागि खुल्ला रहेको बताउनु भएको छ ।
पार्टीमा भएको फुट र संघीय तथा मधेश प्रदेशको सरकारबाट बाहिरिएकै बेला जेष्ठ २८ गतेदेखि हुन लागेको पार्टीको पहिलो महाधिवेशन सन्दर्भमा जनकपुरधाममा पे्रेस मञ्च नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले जसपा एक्लै पनि संर्घष गर्न सक्ने हुँदाहुँदै मधेशको सवालमा संघीयता र गणतन्त्र पक्षधरसंग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
महाधिवेशनले कस्तो नीति लिन्छ ? फेरि पनि त्यै एमाले र माओवादीसंग जाने कि जनमत र लोसपासंग पनि जान सकिन्छ ? भन्ने प्रश्नमा उहाँले यस्तो बताउनु भएको हो । प्रधानमन्त्री भारत जान लागेको बेलामा भारतसहितका राजदूतहरु फिर्ता बोलाएर सरकारले गलत हर्कत गरेको उहाँको टिप्पणी थियो ।
मधेशका लागि न्युन बजेट छुुट्याइएर वर्तमान सरकार मधेशको सत्रु जस्तै स्पष्ट भएको उहाँको धारणा थियो । जसपाको फुट र मधेश केन्द्रित दलसंग मुख्य दल भनिएकाहरुले गरिरहेको व्यवहार र प्रयोगले मधेशमाथि निरन्तर दमन प्रमाणीत गरेको उहाँले आरोप लगाउनु भयो ।
पुर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री समेत रहनुभएको यादवले जेष्ठ २८ गते हुने पार्टी महाधिवेशनको खुल्ला सत्रमा भारतको समाजवादी पार्टी, कांग्रेस आईका साथै विभिन्न दलका प्रतिनिधीहरुका साथ साथै मलेसिया, स्पेन सहितका दर्जनौ देशहरुबाट समाजवादी र लोकतान्त्रिक पार्टीका नेताहरु सहभागि हुन आइरहेको जानकारी गराउनु भयो ।
-पुरण साह

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा