चितवन । रत्ननगर नगरपालिका वडा नं १२ मा शनिबार विद्यार्थीहरुलाई ट्राफिक सचेतना तथा लागुऔषध दुर्व्यसन सम्बन्धी प्रशिक्षण दिइएको छ ।
श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति चितवन र वडा कार्यालयको सयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी र ट्राफिक प्रहरी पोष्टको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा ट्राफिक सचेतना, लागुऔषध दुर्व्यसन, साइबर सुरक्षा, एचआइभी एड्सको बारेमा सचेतनामुलक प्रशिक्षण दिइएको समितिकी अध्यक्ष शोभा ओली शर्माले जानकारी दिनुभयो ।
विद्यार्थी मार्फत ट्राफिक सचेतना, लागुऔषध दुर्व्यसन न्यूनीकरणको सन्देश समुदायमा पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीले समाजको सुन्दरताको लागि विकृति अन्त्य हुनुपर्ने भन्दै समाजमा अपराध मौलाउन नदिन सचेतना मुलक कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख डिएसपी डा. हेम केसीले ट्राफिक सचेतना,दुर्घटना न्यूनीकरण, लागुऔषध दुव्र्यसनी नियन्त्रण र साइबर अपराध र सुरक्षाका उपायहरु र महिला महासंघ बागमती प्रदेशकी कोअर्डिनेटर मुना लामाले महिला सिंसा र एचआइभी एड्स रोकथामका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
समितिकी अध्यक्ष शोभा ओली शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य चन्द्रकला पनेरु, वडा सचिव शंकर बहादुर गिरी, सगरमाथा बोडिङ स्कुलका प्राचार्य गोकुल भट्ट, पिसभिजन बोडिङ स्कुलका प्राचार्य इमप्रसाद काफ्ले लगायतले मन्तव्य राख्नुभएको थियो । समितिका सचिव सम्झना अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा सदस्य भीमा थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थी, बालक्लवका सदस्य, टोल विकास संस्था र आमा समुहका गरी २०० जनाको सहभागिता रहेको थियो ।
श्रीकृष्ण प्रणामी बाइजुराज महिला समितिले धर्मसंरक्षणसंगै समाजमा विद्यमान विकृति अन्त्यको लागि स्थानीय सरकारसंगको सहकार्यमा विद्यालय तथा समुदाय केन्द्रीत कार्यक्रम गर्दै आएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts