भक्तपुर । नेपाल पत्रकार महासङ्घ, भक्तपुर शाखाको नवौँ अधिवेशन तथा साधारणसभा सम्पन्न भएको छ । प्रेस युनियन, भक्तपुरको बहिष्कारका बीच पनि शाखाको अधिवेशन सम्पन्न भएको हो ।
साधारणसभाको आज उद्घाटन गर्दै सांसद दुर्लभ थापाले राजनीतिक दलभन्दा माथि उठेर नैतिकताका आधारमा पत्रकारिता गर्नुपर्ने बताउनुभयो । उहाँले वास्तविक पत्रकार ओझेलमा परिरहेको वर्तमान अवस्थामा पत्रकारले सत्यतथ्य समाचार सम्प्रेषण गरी प्रतिस्पर्धामा आउनुपर्नेमा जोड दिनुभयो ।
लोकतान्त्रिक गणतन्त्रमा कुनै अप्ठ्यारो आएमा पत्रकारितामार्फत सुल्झाउनुपर्ने बताउँदै सांसद थापाले हरेक समाचारमा सन्तुलन कायम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठले दैनिक हजारौँको सङ्ख्यामा वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न सञ्चारमाध्यमले सकारात्मक सन्देश प्रवाह गर्नसक्नुपर्ने बताउनुभयो । जनतालाई सचेत गराउने वर्ग पत्रकार भएकाले पत्रकारिताको धर्म निर्वाह गर्दै सकारात्मक सोच आउने किसिमका समाचार सम्प्रेषण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रिय समाचार समिति ९रासस०का अध्यक्ष एवं पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकार महासङ्घ समस्याबाट नभाग्ने भन्दै आइपर्ने समस्या समाधान गर्दै अघि बढ्न तयार रहेको बताउनुभयो । देशभरका करिब १३ हजार पत्रकारबाट शुद्धीकरण गरी सात/आठ हजार पु¥याउनु आफैँमा चुनौतीपूर्ण काम भएको उहाँले बताउनुभयो ।
सांसद थापाले माथवरसिंह बस्नेतलाई वरिष्ठ पत्रकार सम्मान, पूर्णभक्त दुवाललाई स्व भगवान् राजकुमार महर्जन स्मृति पुरस्कार, चन्द्रकला क्षेत्री भगवतीलाई गृहस्थी महिला पत्रकारिता पुरस्कार र कृष्णप्रसाद नेपाललाई स्व मैयादेवी शिल्पकार स्मृति पुरस्कारबाट सम्मान गर्नुभएको थियो ।
मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य सङ्घका महासचिव नवीन प्रजापति, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष माथवरसिंह बस्नेत, पत्रकार महासङ्घका केन्द्रीय प्रतिनिधि वविन शर्मा, ज्ञानप्रसाद पौडेल, ललिता शाह, उपत्यका प्रदेशका अध्यक्ष सुजन झा, काठमाडौँ शाखा अध्यक्ष सूर्य सुवेदी, ललितपुर शाखा अध्यक्ष सागर न्यौपानेलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले अधिवेशन र साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेको थियो । कार्यक्रममा भक्तपुरको पत्रकारिता बुलेटिनको विशेष अतिथिबाट विमोचन भएको थियो ।
विविध कारणले आज भएको उक्त अधिवेशनबाट नयाँ पदाधिकारी चयन भने भएको छैन ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts