झापा । पूर्वपश्चिम राजमार्ग अन्तर झापा मेचीनगर नगरपालिका ७ जोरसिमल नजिक केहीबेर अघि दुईवटा कार आपसमा ठूलो आवजका साथ ठोक्किएका छन् ।
प्रत्यक्षदर्शीहरुका अनुसार कारमा सवार केही व्यक्ति घाइते भएका छन् । घाइतेको संख्या , नाम, वतन र अवस्था खुल्न सकेको छैन ।
पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश १–०१–००१ च। ७५०१ नम्बरको सेतो र डीएल ९ सीबीबी ९४०७ भारतीय नम्बर प्लेटको कालो रंगको कार राजमार्गमै ठोक्किएका हुन् । ठक्करपछि सेतोकार राजमार्ग उत्तर किनारमा पुगेको छ ।
ठोकिएको भारती नम्बर प्लेटको कारको अगाडिको दाँया टायर र त्यसमाथिको भागमा पूर्ण क्षति पुगेको छ । सो कार राजमार्गमा नै अडिएको छ । अहिले घटनास्थलमा रहेको प्रहरीले सो कारलाई डोजरले धकेलेर सडकको जाम खोलेको छ ।






