पानी आउँदा हिलाम्मे घाम लाग्दा धुलाम्मे हुँदा दाउन्ने सडक खण्डमा यात्रुलाई सास्ती

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । साबिकको नवलपरासीमा पर्ने दाउन्ने सडक खण्ड पानी आउँदा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा यात्रुलाई सास्ती भएको छ ।निर्माणाधिन बुटवल नारायणगढ सडकको कामले पछिल्लो समय केही गति लिएपनि ठाउँ ठाउँमा रहेका अफ्ठ्यारा सडकका कारण यात्रुहरुले निकै सास्ती ब्योहोर्नु परेको छ ।

केही दिन अघि परेको पानीका कारण बाटोमा थप खाल्डाखुल्डी बनेको छ । दाउन्ने क्षेत्रमा काम भैरहेकाले अहिले एकतर्फी मात्रै सवारी साधन आउ जाउ गरिरहेका छन् । भत्काएर छाडिएका स्थानमा चाँडै काम नहुँदा सामान्य बर्षालेसमेत बाटो अवरुद्ध हुने गरेको छ ।

नारायण बुटवल सडक खण्डको सम्झौता म्याद सकिनै लाग्दा अहिले ५१ दशमलव ४६ प्रतिशत काम सम्पन्न भएको नारायणगढ बुटवल सडक योजना (पश्चिम खण्ड) का प्रमुख संशाक मिश्रले जानकारी दिनु भयो । काम सुरु भएको दुई बर्ष सम्म कोरोनाका कारण काम रोकिएको थियो । त्यसपछि ठेकेदार कम्पनी चाईना स्टेट कम्पनीले निमार्ण सामाग्रीको अभाव र विभिन्न निकायबीचको आपसी समन्वयका कारण काममा ढिलाई भएको बताउदै आएको छ ।

मिश्रकाअनुसार विभिन्न निकायबीचको समन्वय अभावका कारण निर्माण कार्य ढिलाई भएको बताउनुभयो । "विद्युत प्राधिकरण र बनका कारण धेरै कठिनाई भयो, पटक पटक भन्दा सडक दुबै साइडका विद्युतका पोल सार्न धेरै पटक भन्दा पनि अहिलेसम्म सारिएका छैनन ।" मिश्रले भन्नुभयो ।

ADVERTISEMENT

अर्कातिर कच्चा पदार्थको अभाव र समयमा उपलब्ध हुन नसक्दा लक्ष्य अनुरुप कामले गति लिन नसकेको प्रमुख मिश्रको भनाई छ । "हामिले पटक पटक निर्माण सामाग्री उपलब्धताका लागि स्थानिय तहलाई जानकारी गरायौं छलफल गर्यौं तर समय निर्माण सामग्री उपलब्ध हुन सकेन ।" मिश्रले भन्नूभयो । बाहिरबाट हेर्दा कामै नभएको भन्ने मात्रै भैरहेको र सहयोगी निकायबाट आश्वासन मात्रै पाउँदा केही कठिनाई भएको  मिश्रको भनाई छ । कच्चा पदार्थ उपलब्ध गराउनका लागि भौतिक पुर्वाधार मन्त्रालय बाट सबै स्थानिय तहलाई परिपत्र भएको छ । तर पनि समयमा उपलब्ध हुन सकेको छैन ।

सडक आयोजना र ठेकेदार कम्पनीसहित भएको छलफलमा हप्ता दिन भित्र मर्मतको काम सक्न निर्देशन दिइएको छ । ठेक्काको समय अवधि सकिनै लाग्दा आधा मात्रै काम सकिएको छ । पछिल्लो पटक थपिएको म्याद आउँदो साउनमा सकिँदैछ । तर पनि बाटो विस्तारको कामले गति लिन सकेको छैन ।

बाटो विस्तार र मर्मतको काम ढिलो हुँदा सामान्य वर्षामा पनि नारायणगढ-बुटवल सडक खण्डको यात्रा कष्टकर हुने गरेको छ । अब मनसुन शुरुहुन धेरै दिन नभएको हुँदा यात्रा थप कठिन हुने अनुमान सहजै गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज