भोजपुर । अनाथ बालबालिकाहरुको अध्ययनका लागि सहज होस भन्ने उद्धेश्यका साथ भोजपुरका नौ विद्यालयका १८ जना विद्यार्थीहरुलाई शुक्रवार पोशाक र झोला सहित शैक्षिक सामाग्री बितरण गरिएको छ ।
छात्रबृत्तिबाट सामाग्री पाउनेहरुमा बिद्योदय मावि भोजपुर, जनसेवा आधारभुत विद्यालय, यसोधरा मावि टक्सार, जगदिश्वरी आधारभुत बिद्यालय बोखिम, सिद्धेश्वर मावि दाँवा, पञ्चकन्या आधारभुत विद्यालय पालुवा, लक्ष्मी मावि आम्तेक, जनकल्याण आधारभुत बिद्यालय काफले र पञ्चकन्या आधारभुत विद्यालय मान्द्रेमा अध्ययनरत बिद्यार्थीहरु रहेका छन्।
विद्योदय माविमा अध्ययनरत रहेर हाल अमेरिकामा बसोवास गर्दे आई रहेका दम्पति ईश्वर श्रेष्ठ र साबित्री जोशी, डा.सुन्दर मोहन प्रतिष्ठान र मदन श्रेष्ठबाट प्राप्त ७० हजार रकमबाट बिद्यार्थीहरुलाई सहयोग गरिएको हो । शैक्षिक क्षेत्रको बिकासमा सहयोग गर्ने उद्धेश्यका साथ स्थापना गरिएको नबोदय संस्थाले कार्यक्रमको आयोजना गरी अभिभावक गुमाएका बिद्यार्थीहरुलाई कपडा सहितका सामाग्रीहरु बितरण गरेको हो ।
गरिव तथा बिपन्न, अभिभावक बिहिन बालबालिकाहरुलाई अध्ययनमा टेवा पुगोस् भन्ने उद्धेश्यका साथ प्रत्येक बर्ष पोशाक सहित शैक्षिक सामाग्रीहरु बितरण हुँदै आईरहेको संस्थाकी सचिव यदु सुवालले जानकारी दिनुभयो । कार्यक्रमका सहभागि सरोकारवालाहरुले आर्थिक तथा सामाजिक हिसावले पछि परेका गरिव तथा जेहेन्दार बिद्यार्थीहरुलाई यस्ता छात्रबृत्ति कोषले आधारभुत शिक्षा हासिल गर्न सहज हुने बताउँदै यसलाई निरन्तरता दिन जरुरी रहेको बताउनु भएको थियो ।
विद्योदय माविका पूर्व प्रअ तथा छात्रबृत्तिका लागि समन्वयकर्ता चन्द्रकुमार उदास, संस्थाका अध्यक्ष किशोर कुमार ताम्राकार, भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापक सम्झना प्रधान, बरिष्ठ पत्रकार निरोज कोइराला, शिक्षक गोबिन्द श्रेष्ठ लगायतले छनौटमा परेका बिद्यार्थीहरुलाई कपडा, झोला र शैक्षिक सामाग्रीहरु बितरण गर्नु भयो । बिद्यालय पोशाक, झोला, कपी, पेन्सिल, जुत्ता लगायतका सामाग्रीहरु विद्यार्थीहरुले पाएका हुन् ।
शैक्षिक, संग्राहलय निर्माण र स्वास्थ्य चेतना जनाउने उद्धेश्यका साथ २०७८ सालमा स्थापना भएको नबोदय संस्थाले प्रत्येक बर्ष दाताहरुको सहयोगमा छात्रबृत्तिका कार्यक्रम गर्दै आईरहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts