चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रबारदेखि नेपाल भेटेरिनरी एशोसिएसनको १५ औँ राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन कार्यक्रममा एशोसिएसनले एक जिल्ला एक भेटेरिनरी अस्पताल सञ्चालन गर्न सरकारसंग माग गरेको छ ।
भेटेरिनरी अस्पताल अभाव हुँदा पशु स्वास्थ्यको उपचारमा समस्या भएको भन्दै एशोसिएसनले विशेषज्ञ डाक्टरसहितको एक जिल्ला एक भेटेरिनरी अस्पताल सञ्चालन गर्न माग गरिएको हो । एशोसिएसनका अध्यक्ष डा. रामकृष्ण खतिवडाले एक जिल्ला एक भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र र स्थानीय तहमा भेटेरिनरियन आधारभूत अस्पताल सञ्चालन गर्नु पर्ने माग गर्नुभयो ।
भेटेरिनरी डाक्टरको जनशक्ति थप तथा पदपूर्ति, महामारी रोकथाम का लागि संरचना निर्माण, चौविसै घण्टा अत्यावश्यक सेवा सञ्चालन,पशु प्रजनन् सेवाको विस्तार, रैथाने जातको संरक्षण, पशु वधशाला तथा मासु जाँच ऐन २०५५ लागु, कृषि ऋण पशु बिमामा सहजीकरण, पशुपंछी क्षेत्रको नीतिगत निर्माणमा एशोसियसनको संस्थागत सहभागिताको माग गरिएको अध्यक्ष खतिवडाले बताउनुभयो । कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले देशका अधिकांश जिल्लामा भेटेरिनरी अस्पताल सञ्चालनमा रहेको भन्दै २९६ स्थानीय तहमा पशुचिकित्सव रहेको बताउनुभयो । महामारी रोग नियन्त्रणको लागि सरकारले प्रभावकारी काम गरिरहेको भन्दै उहाँले आगामी तीन बर्षमा रोग उल्मुलन गर्ने गरि कार्ययोजना अगाडि बढेको बताउनुभयो ।
नेपाल ह्याचरी एशोसिएसनका महासचिव ज्ञानबहादुर विसुरालले वर्डफ्लु विरुद्ध भ्याक्सिन अबैध रुपमा निर्यात गर्नु पर्ने बाध्यकारी अवस्था रहेको भन्दै सहज बनाउन सरकारसँग माग गर्नुभयो । उहाँले प्रदेश स्तरीय प्रयोगशाला, वथशाला र कोल्डस्टोर सञ्चालन गर्न माग गर्नुभयो ।
कार्यक्रममा नेपाल पशु चिकित्सा परिषद्का अध्यक्ष डा.बज्रकिशोर शाहले पशुचिकित्सा प्रति युवाहरुको आकर्षण बढ्दै गएको भन्दै पशु चिकित्सा प्रतिको मर्यादा अझै मजबुत हुने बताउनुभयो । नेपालमा तीन हजार पशुचिकित्सक आवश्यक रहेको भन्दै उहाँले करिब ५० प्रतिशत पशुचिकित्सव अभाब रहेको बताउनुभयो । उहाँले अभावका बीच ३० प्रतिशत पशुचिकित्सव विदेशिएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपंछी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले सरकारले कृषिमा लगानीको दशक घोषणा गरेको भन्दै कृषिमा लगानी आवश्यकता, बाध्यता र अबसर बराबर रहेको बताउनुभयो । उहाँले मुलुकको भेटेरिनरी सेवालाई थप प्रभावकारी बनाउँदै प्रतिफल प्राप्त गर्ने गरी योजना बनाइने उहाँको भनाई छ ।
उद्घाटन कार्यक्रममा पशु सेवा विभागका पूर्व महानिर्देशक प्रलाद सापकोटा, पशु चिकित्सा क्षेत्रमा उत्कृष्ट काम गर्ने डा. जीवनलाल अमात्य, डा. नरेश प्रसाद जोशी, डा.सुरेन्द्र कार्की, भटेरेनरी सेवा तर्फ बुद्धिसागर सापकोटा, राकेशमोहन सिंहसहित अन्य १५ जनालाई अवार्ड प्रदान गरिएको छ ।
दुईदिन सम्म चल्न सम्मेलनहरुमा पशु चिकित्सा विज्ञान र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगतमा ख्याती प्राप्त विशिष्ट वैज्ञानिकहरुबाट कार्यपत्र प्रस्तुत, पशु विकासका योजनाको तर्जुमा, कार्यान्वयन र मूल्यांकन र मुलुकमा कार्यरत जनशक्तिलाई प्राप्त हुने प्राविधिक पृष्टपोषण र उर्जाबाट राष्ट्रलाई सुरक्षित पशुजन्यपदार्थ उत्पादनमा आत्मनिर्भर बनाउँदै पशुपंक्षी र मानिस बिच सर्ने रोगहरु र पशुपन्छीका अन्य संक्रामक रोगहरुको नियन्त्रणका बारेमा छलफल हुनेछ । स्वदेश तथा विदेशका गरी ५०० भन्दा बढी पशु चिकित्सक, वैज्ञानिक, प्राध्यापक, प्रशासक सहभागी रहेको सम्मेलनमा करिव १०० कार्यपत्र प्रस्तुत समेत हुनेछन् । सम्मेलनबाट पेशामा संलग्न जनशक्तिको लागि प्राविधिक ज्ञान, सीप तथा दक्षता हासिल गर्ने र पुनर्ताजगी हुने जनाइएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts