काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने हुनु भएको छ ।
उहाँले आज प्रदेश सभामा विश्वासको मतका लागि पत्र दर्ता गराउनु भएको हो ।
यता पाण्डेलाई विश्वासको मत दिन अनुरोध गर्दै कांग्रैस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र पठाउनु भएको छ। विशेष परिस्थिति भन्दै देउवाले राप्रपाको साथ खोज्नुभएको हो ।
‘प्रदेशको नीति तथा कार्यक्रम, बजेट निर्माणको संवेदनशील समय भएकोले मुख्यमन्त्री पाण्डेले यही जेठ २८ गते प्रदेश सभाबाट विश्वास मत लिन लागेको विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वास मत प्रदान गरी सहयोग गर्नका लागि अनुरोधसहित कांग्रेसको तर्फबाट यो पत्र पठाएको छु,’ सभापति देउवाले लिङ्देनलाई पठाएको पत्रमा भनिएको छ।
६० सदस्यीय प्रदेश सभामा ३१ जनाको समर्थन आवश्यक पर्छ । कांग्रेसका प्रदेश सभामा २७ सांसद छन् भने राप्रपा २ सांसद छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts