इलाममा रणशार्दूल गणद्वारा वृक्षरोपण

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 2 mins

इलाम । विश्व वातावरण दिवसको अवसरमा इलाममा रहेको नेपाली सेनाको रणशार्दूल गणले खहरे पुवाजुङ महिला सामुदायिक बनमा वृक्षरोपण गरेको छ।

जिल्लाको इलाम नगरपालिका वडा न ९ पागेटार क्षेत्रको वनको खाली पाखो जमिनमा विभिन्न जातका वृक्षरोपण गर्ने कार्य भएको हो ।

आज विश्व वातावरण दिवसको अवसरमा वनलाई हराभरा बनाउने उद्देश्यका साथ सो वनमा वृक्षरोपण गर्ने कार्य गरिएको गणपति प्रल्हाद घलेले बताउनुभयो ।

ADVERTISEMENT

डिभिजन वन कार्यालयले इलाम र नेपाली सेनाको संयुक्त आयोजना भएको बृक्षरोपण कार्यक्रममा बिभिन्न प्रजातिका बिरुवा लगाउने कार्य भएको छ ।

विनास हुँदै गएको जंगलको संरक्षण गर्नु र खाली पाखाको नयाँ बिरुवा लगउने कार्यले नयाँ सन्ततिलाई सहज हुने भएकाले वातावरण स्वच्छ राख्न पनि यसबाट फाईदा हुने कार्यक्रमका बक्ताहरुले बताएका थिए ।

नयाँ लगाईएका बिरुवाको जगेर्ना र हुर्काउने बढाउने कामको जिम्मा सामुदायिक बन उपभोक्ता समितिले लिएको छ । यसका लागि डिभिजन वन कार्यालय इलाम र नेपाली सेनाले समन्वय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज