
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद संघहरुलाई तत्काल क्यालेण्डर बनाएर काम गर्न निर्देशन दिनुभएको छ ।
आईतवार काठमाडौंमा विभिन्न खेलकुद संघहरुको वार्षिक क्यालेण्डर सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले वार्षिक क्यालेण्डर सार्वजनिक नगर्ने संघहरुलाई तत्काल क्यालेण्डर बनाएर सार्वजनिक गर्न र क्यालेण्डर नबनाए अप्रिय निर्णय लिन बाध्य हुने चेतावनी दिनुभयो । उहाँले खेलकुद संघहरुले खेलहरु नै नगर्ने हो भने जनाइमा साँचो झुन्ड्याएझैँ भmुन्डिरहन आवश्यक नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले खेलकुदलाई कुनै संघ बन्धक बनाएर राख्न नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो संघहरुको पनि २७ हुँदै ४१ को संख्यामा आयो भन्ने छ । जुन संघहरुले आफ्नो कार्यक्रम दिँदैन त्योप्रति हाम्रो गम्भीर ध्यानाकर्षण छ । त्यो संघले कार्यक्रम नगर्ने हो भने म अहिले नै शतर्क गर्न चाहन्छु । अप्रिय निर्णय लिनुपर्ने हुन्छ । ऐनले भनेका कुरा र संघ मात्र ओगटेर कार्यक्रम नै नगर्ने संघ चाहिएन । भार किन बनेर बस्ने । जतिसक्दो छिटो खेलकुद परिषद्मा बाँकी संघहरुले पनि केही प्राविधिक त्रुटी भएका छन् भने खेलकुद परिषद् सहजीकरण गर्न चाहन्छ । प्राविधिक समस्या पनि नभएको र जनाइको साँचो भिरेको जस्तो गरेर खेलकुदलाई कुनै संघ कसैले पनि बन्धक बनाएर राख्न पाइँदैन । संघहरुले क्यालेण्डर ननिकालेको भए यथाशिघ्र बनाउनुस् । सार्वजनिक स्थानमा खेल हेर्दा सबै साथीहरु जिम्मेवार भएर हेरिदिनुस् ।’
फरक प्रसंगमा मन्त्री श्रेष्ठले टुँडिखेलमा आज नेपाल र नेदरल्याण्डबीचको आईसिसी टि २० विश्वकप खेल देखाइने भएकाले सबैले जिम्मेवार भएर खेल हेर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई माथि लैजानका लागि घोषित कार्यक्रम पूरा गर्न साँच्चिकै चुनौति रहेको बताउनु भयो । उहाँले सबै मिलेर मात्रै नेपाली खेल क्षेत्रलाई माथि लैजान सकिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले नेपाली खेलकुदलाई घोषित कार्यक्रम पूरा गर्न साँच्चिकै चुनौति छ । यो कसको दायित्व हो । यो मेरो मम भन्ने स्थिति आउनुपर्छ । राष्ट्रिय संघहरुले मम भन्नुपर्छ । राष्ट्रिय खेलकुद परिषद्का विभिन्न शाखाहरुले मम भन्नुपर्छ । सबैले सामुहिक रुपले अपनत्व लिनुपर्ने स्थितिमा आइसकेका छौँ ।’
उहाँले खेलकुदलाई व्यवस्थित बनाएर लैजान सबै लाग्नुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच