काठमाडौं । यही शुक्रबारदेखि सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माइला’ सार्वजनिक गरिएको छ । सुनिता थेगिमको स्वर, श्रवण मुकारुङको शब्द र कालीप्रसाद बास्कोटाको संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । नवीन सुब्बा निर्देशित सार्वजनिक चलचित्रको गीतमा मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईलाई फिचरिङ गरिएको छ ।
सडकसँगै गाउँ आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, हिपहप संगीतले गाउँको मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तन तथा सडक र गाडी पुगेपछि परेको असरको कथामा यो चलचित्र निर्माण भएको हो । चलसचित्र २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवमा पुगिसकेको छ ।
टोरोन्टो र बुसान सिनेमा महोत्सवमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’ को पटकथा निर्देशक सुब्बाले महेश राईसँग मिलेर लेख्नुभएको हो । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त व्यानरमा बनाइएको यो चलचित्रका निर्मातामा अमोद राई र निर्देशक सुब्बा हुनुहुन्छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता