कालिकोट । भीरबाट लडेर नरहरिनाथमा एक महिलाको मृत्यु भएको छ । गाउँ नजिकैको चुचिल्ले भीरमा बाख्रा चराउन गएकी नरहरिनाथ–३ डाँडाखर्ककी ३५ वर्षीया करुण उपाध्याय (महतारा) को लडेर मृत्यु भएको हो ।
आइतबार बिहान बाख्रा लिएर चराउन गएकी महतारा दिउँसो भीरबाट चिप्लिएर लड्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले जानकारी दिनुभयो ।
भीरबाट लडेको खबर आएपछि खोज्न जाँदा मृत भेटिएकी थिइन् । उनी कुमालगाउँकी अगुवा कृषक पनि हुन् । उनले बेमौसमी तरकारी खेती र फलफूल खेती गरेर छोराछोरी पढाउने गरेकी नरहरिनाथ–९ का वडाध्यक्ष प्रदिप बोहोराले बताउनुभयो ।






