गुल्मीमा जिप दुर्घटना : एक जनाकाे मृत्यु, सात घाईते

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकामा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाईते भएका छन् । कालिगण्डकी गाउँपालिका-४ ओक्याङ स्थित भित्री कच्ची सडकमा चन्द्रकोटबाट पुर्तिघाट तर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा सत्यवती गाउँपालिका-८ की कमला बुढाथोकीको मृत्यु भएको प्रहरी चौकी पुर्तीघाटले जनाएको छ ।

दुर्घटनामा घाईतेहुनेहरुमा चालक (वतन नखुलेको) बर्ष २९ का केशव राना, सत्यवति गाउँपालिका-८ भार्से बस्ने बर्ष ३७ की रिता छन्तेल, निजको छोरी बर्ष ४ कि ईरिसा छन्तेल, बर्ष २६ को अजय नेपाली, बर्ष ७५ को टेक ब. कला, बर्ष ४६ को दुरपति बराल, बर्ष २३ को मेख बराल रहेका छन् ।

ADVERTISEMENT

घाईतेहरुमध्य चार जनाको अवस्था भम्भीर भएकाे  प्रहरी चौकी पुर्तीघाटले जानकारी दिएकाे छ । घाइते सबैलाई उपचारका लागि पाल्पा पठाइएको छ ।

जीप आफैँ अनियन्त्रित भई सडकदेखि चार सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज