
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभा बैठकमा आइतवार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई समेटिएको छ । सुदुरपश्चिम प्रदेशको निति तथा कार्यक्रममा प्रदेश गौरवका सडक योजनालाई निरन्तरता दिनेदेखि क्रममागत अन्य पूर्वाधार विकास योजनालाई तीव्र रुपमा अघि बढाउने विषय समावेश गरिएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार लगायत क्षेत्रको विकासका लागि प्रदेश सरकारले देखिने गरी काम गर्ने विषय नीति तथा कार्यक्रममा राखिएको छ ।
यस्तै सरकारले कृर्षीमा आत्मनिर्भर सुदुरपश्चिमको अभियान भन्ने नारा सहित ५ बर्षभित्र खाद्यान्न, माशु, अण्डा लगायतमा आत्मनिर्भर बन्ने लक्ष लिएको छ । निजि क्षेत्र सगंको सहकार्यमा कृषी तथा पशु पालन र बजारीकरण कार्यक्रम लागु गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कृषीमा आत्मनिर्भर बनाउँदै बाहिरिने युवा शक्तीलाई स्वदेशमै स्वरोजगार बनाउने लक्ष लिइएको छ ।
स्वास्थ्य तर्फ सेती र महाकाली प्रादेशिक अस्पताल तथा टिकापुर अस्पतालको स्तरोन्नती सगैं आवश्यक जनशक्ती थपिने कार्यक्रम रहेको छ । यस्तै आयुर्वेदिक उपचार पद्धतीको बिकास गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा बिषेशज्ञ सेवा शुरु गरिने कार्यक्रममा उल्लेख छ । यि सगैं जिल्ला अस्पतालहरुको स्तरोन्नती तथा एम बिबि एस अध्यायनका लागी छात्रबृती दिने कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ । शिक्षा तर्फ हरेक निर्वाचन क्षेत्र एक नमुना बिद्यालय बनाएर बिकास गरिने उल्लेख छ । साथै बालबिकास शिक्षा लाई समय सुहाउँदो बनाउन नमुना बालकिास कक्षा सञ्चालन गरिने उल्लेख छ ।
भौतिक पुर्वाधारका क्षेत्रमा गौरवका योजनालाई निरन्तरता दिनुका साथै सडक नपुगेका तिन गाउँपालिकामा सडक सञ्जाल जोड्ने उल्लेख छ । साथै सडक सञ्जाल नपुगेका क्षेत्रमा झोलुगें पुल निर्माण कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेश राजधानी निर्माण प्रक्रिया अगाडि बढाइने विषय पनि नीति तथा कार्यक्रमा समावेश गरिएको हो । पर्यटकिय सम्भावना भएका धार्मिक तथा पर्यटकिय क्षेत्रको बिकास गरी प्रचार पसार गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेशमा औधोगिक क्षेत्रको बिकास गरी स्वदेशमै रोजगारी श्रृजना गर्ने तर्फ सरकारका कार्यक्रम आउने उल्लेख छ । प्रदेश प्रहरीको सगंठन चलायमान बनाउन आवश्यक कार्यक्रम ल्याइने उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच