इजिप्टका राष्ट्रपतिद्वारा प्यालेस्टाइनीहरुलाई समर्थन, सिनाइ स्थानान्तरण अस्वीकार

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले प्यालेस्टाइनी जनतालाई इजिप्टको पूर्ण समर्थन रहेको बताउनुभएको छ ।

प्यालेस्टाइनको समर्थन गर्दै उहाँले सिनाई प्रायदिव्पमा स्थानान्तरण गर्ने कुनैपनि प्रयास नगर्न चेतावनी दिनुभयो । उहाँले काइरो भ्रमणमा रहनुभएका जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको संयुक्त पत्रकार सम्मेलनमा सिसीले प्यालेस्टाइनीहरुलाई आफ्नै भूमिबाट बिस्थापित गर्ने निर्णयको बिरोध गर्ने बताउनु भयो ।

ADVERTISEMENT

सिनाइमा बिस्थापित हुनु भनेको इजिप्ट इजरायल बीचको दीर्घकालीन शान्तिलाई खतरामा पार्ने र इजिप्टको षेत्रमा इजरायल बिरुद्धको आक्रमण हस्तान्तरण गर्नु भएको बताउनु भयो । सिसीले गाजापट्टीमा अस्पतालमा आक्रमण परी निधन भएका ५ सय जनाको शोकमा तीन दिने शोकको घोषणा समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?