मुगु । मुगुका पाटनमा यार्सागुम्बा टिप्न गएका दुई जनाको मृत्यु भएको छ भने एक जना सिकिस्त विरामी परेका छन् ।
यार्सा पाटन ठूलो कोइकिमा लेक लागेर विरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका वडा न १२ शोभा गाउँका २९ वर्षिय मनबहादुर बुढा र सोही नगरपालिका सोही वडा कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउँबाट फोन मार्फत जानकारी दिनु भएको हो ।
थप पुस्टाईका लागि जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापासङ्ग बुझ्दा उहाँले पनि २ जनाको मृत्यु भएको र एक जना सिकिस्त विरामीलाइ पाटनबाट मुगु गाउँ तर्फ ल्याउादै गरेको बताउनु भयो ।
उहाँका अनुसार चिसो र लेख लागेर सिकिस्त विरामी भएका कम्फा गाउका राजबहादुर सावतलाइ मुगु गाउँ तर्फ ल्याउँदै गरेको छन।
उच्च हिमाली पाटनहरुमा पाइने वहुमुल्य, वहुउपयोगी यार्सागुम्वा टिप्नका लागि पाटन पुगेका मध्ये आधा दर्जन संकलकहरुको लेख लागेर, पेट दुखेर, लडेर, हिउँ पहिरोमा परेर मृत्यु हुने गरेको छ ।
गत वर्ष यार्सा टिप्न पाटन पुगेका ३ जनाको हिउँ पहिरोमा परेर र १ जनाको खोला खसेर मृत्यु भएको थियो ।
पाटनमा सुरक्षा टोलि र स्वास्थ्य टोलि निश्चित ठाउमा बस्ने तर संकलकहरु दिन टाढाका पाटनहरुमा पुग्ने भएकाले विरामी पर्दा उपचार सेवा लिन र दिन समस्या हुने गरेको छ ।
मुगुका २ दर्जन बढी पाटन क्षेत्रमा यार्सा संकलन गर्न मुगुम कार्मारोङ्ग गाउपालिकाले गत २५ गते मात्र वन पाटन प्रवेश खुल्ला गरेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता