काठमाडौं । विश्व धूमपानरहित दिवसका अवसरमा फ्रन्टलाइन हस्पिटलले शुक्रबार काठमाडौंमा प्रभातफेरी आयोजना गरेको छ । फ्रन्टलाइन, सामुदायिक प्रहरी र सामुदायिक सेवा केन्द्रद्वारा संयुक्तरूपमा आयोजित प्रभातफेरी पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलबाट सुरु भई बत्तीसपुतली, गौशाला, रातोपुल, मैतीदेवी हुँदै पुनः हस्पिटलमै पुगेर समापन भएको थियो ।
धूमपान अन्त्य गरौं, धूमपानरहित भविष्य निर्माण गरौं, धूमपान त्यागौं, परिवारलाई खुशी र स्वस्थ राखौं भन्ने नारासहित प्रभातफेरीमा सहभागीहरूले सूर्ती तथा सूर्तीजन्य पदार्थबाट हुनसक्ने स्वास्थ्य जोखिमबारे सचेतनामूलक सन्देश प्रवाह गरेका थिए ।
मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गर्नुभएको प्रभातफेरीमा हस्पिटलका अध्यक्ष नवराज पाण्डे, क्लिनिकल प्रेसिडेन्ट एसोसिएट प्रोफेसर डा. योगेश न्यौपाने, डिसिओ कृष्ण नेपाली, पब्लिक रिलेसन डिपार्टमेन्टका महेश न्यौपानेलगायत कर्मचारीको सहभागिता रहेको हस्पिटलका पब्लिक रिलेसन तथा मार्केटिङ डिपार्टमेन्ट प्रमुख रवि खड्काले जानकारी दिनुभएको छ ।
यस वर्षको दिवसको नारा ‘प्रोटेक्टिङ चिल्डेन फ्रम टोबाको इण्डष्टी इन्टरफेरेन्स’ रहेको थियो । हरेक वर्ष मे ३१ मा विश्व धूमपानविरुद्धको दिवस मनाउने गरिन्छ ।







Breaking news with related posts