काठमाडौं । यही २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक गरिएको छ । वियोण्ड र प्रविशा अधिकारीको स्वर रहेको गीतको भिडियो शुक्रबार सार्वजनिक गरिएको हो ।
रोमान्टिक प्याट्रनमा तयार पारिएको गीतमा वियोण्डकै शब्द र संगीत छ । डान्सिङ नम्बरको गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, मनिष गान्धी र रुश्मा थापा फिचर्ड हुनुहुन्छ । निश्चल र गरिमाले यही चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गर्दै हुनुहुन्छ ।
यस गीतलाई अस्कर विजेता कोरियोग्राफर लंगनेस फर्नान्डेजले कोरियोग्राफी गर्नुभएको हो । ट्राभल लभस्टोरी रहेको यो चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेख्नुभएको हो ।
एबी इन्टरनेशनलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य छ । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रूपमा हुनुहुन्छ ।
सनिश खकुरेल र अजित केआर थापा सह-निर्माता रहेको चलचित्रको अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता हुनुहुन्छ ।







Breaking news with related posts