सर्लाही । सर्लाहीको बागमतीमा आज बाढी तथा डुबानको समयमा गरिने उद्धार कार्यको जील्ला स्तरीय संयुक्त अभ्यास गरिएको छ ।
जिल्ला बिपद व्यवथापन समितीको सर्लाहीको आयोजनामा सर्लाही र रौतहटको सीमामा भयर बग्ने बागमती खोलाको नुन्थर क्षेत्रमा अभ्यास कार्य सम्पन्न गरेको हो ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढी तथा डुबान हुँदा गरिने उद्धारबारे संयुक्त रुपमा अभ्यास प्रस्तुत गरेका थिए । अभ्यासमा ढुुङाबाट गरिने उद्धार र डोरी तानेर गरिने उद्धारको अभ्यास देखाइएको थियो । बाढी तथा डुबानबाट यस जिल्लामा बर्सेनि धेरै मानिसको मृत्यु हुने गरेको छ भने लाखौँको धनमालमा क्षति पुग्ने गरेको छ ।
जिल्ला बिपद व्यवथापन समितीका अध्यक्ष्य प्रमुख जिल्ला आधिकारी कोमल प्रसाद धमलाको अध्यक्षता तथा चार ओटै सुरक्षा निकायका प्रमुखको उपस्थितिमा कार्यक्रमा संचालन भैरहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts