गुल्मी । तम्घास–रिडी सडक खण्ड एक महिनाको लागि बन्द हुने भएको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास – रिडी सडक खण्ड एक महिनाका लागि बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले जेठ १७ गते जारी गरेको सूचनामा उक्त सडक खण्ड दैनिक १२ घण्टा सडक बन्द हुने उल्लेख गरिएको छ ।
जेठ १८ गतेदेखि असार १६ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। अहिले रिडी देखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरउन्नतीसँगै कालोपत्रे गर्न काम भइरहेको छ ।
मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डको काम समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । सडकमा कटिङ्ग र स्तरोन्नतिको काम गर्न करिब २२ वटा जेसिबी डोजर प्रयोग गरेर निर्माणको कार्यलाई तीव्र पारिएको छ।
सडकमा सवारी साधनले काम गर्न अवरोध गर्ने भएपछि समय तोकेर सडक बन्द गरी निर्माण कार्यलाई तीव्रता दिन थालिएको हो । रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडक बिस्तार हुँदैछ।
पहिलो चरण २५ किलोमिटर सडक स्तरोन्नतिसँगै कालोपत्रे हुन लागेको हो। गएको चैतदेखि सडक बन्द गरेरै काम हुँदै आएको छ । सडकको केही ठाउँमा चट्टान फोर्ने र सडकको ग्रेड मिलाउने लगायतका कार्य भइरहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts