
काठमाडौं । न्यूयोर्कमा कृष्ण काफ्ले सांगीतिक साँझ सम्पन्न भएको छ । दुई महिनादेखि अमेरिकाका विभिन्न शहरहरूमा सांगीतिक प्रस्तुति दिँदै आउनुभएका काफ्लेको न्यूयोर्कको एक रेष्टुरेन्टमा सांगीतिक साँझ सम्पन्न भएको हो । कार्यक्रममा निर्देशक शिव विक, गीतकार प्रकाश सुवेदी, नायिका, गायिका तथा अमेरिकन कलाकार संघकी अध्यक्ष वसन्ती राई, महादेव त्रिपाठी, दिनेश सुनार पार्करसहितको प्रस्तुति रहेको थियो ।
सो अवसरमा काफ्लेले ‘सके हसाउँछु, देख न चम्पा, हानेँ मैले झटारो, चाखुम् चाखुम्, मैले बोलेको छैन ढाँटेर, पर्ख पर्ख मायालु’, लगायत दर्जन भन्दा बढि गीत गाउनुभएको थियो । उहाँलाई युगल गायनमा वसन्ती राईले र नृत्यमा शिव विक र वसन्ती राईले साथ दिनुभएको थियो ।
कार्यक्रमको शुभारम्भमै गीतकार सुवेदीले राष्ट्रिय भावकासहित केही रचना वाचन गर्नुभएको थियो भने कार्यक्रमको बीच-बीचमा सञ्चालक समेत रहनुभएका कलाकार त्रिपाठीले आफ्ना ठट्यौली प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष राईले लिनुभएको थियो ।
कार्यक्रममा गायक बिमल डाँगी, गायिका संगीता थापासहित न्यूयोर्कलाई कर्मथलो बनाउँदै आएका अन्य कलाकारको पनि बाक्लो उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच