काठमाडौं । चलचित्र ‘आउट ल : दफा २१९’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार एक फष्र्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्रको सिनेमाघरमा आउने मिति सार्वजनिक गरिएको हो । चलचित्र असोज ३ गते अर्थात् संविधान दिवसको दिनमा सिनेमाघरमा आउने भएको छ । यो चलचित्रको कथा कानुनसँग सम्बन्धित भएकाले पनि प्रदर्शनका लागि संविधान दिवस रोजिएको बताइन्छ ।
चलचित्रको सार्वजनिक पोष्टरमा अभिनेता सुशील श्रेष्ठ एक्लै प्रस्तुत हुनुहुन्छ । पोष्टरमा उहाँ स्टाइलिस तर ‘एंग्री मुड’मा मेशिनगनसहित चित्रित हुनुहुन्छ । पोस्टरको पृष्ठभूमिमा उडिरहेको सैनिकको हेलिकप्टर र सैनिकको जत्था देखिएको छ । विक्की महर्जनको निर्देशन र लेखन रहेको चलचित्रमा सुशीलसहित नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुनलगायत कलाकारको अभिनय छ ।
विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सह-निर्मातामा हुनुहुन्छ । नवीन गुरुङको छायांकन रहेको चलचित्रमा साहिल खानको सम्पादन र चुल्ठे काजीको द्वन्द्व निर्देशन छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts