चितवन । चितवनमा प्रहरीले लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका वडा नं ५ भण्डारामा डेरा गरी बस्ने तीन जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।
प्रहरीले धादिङ सिद्धलेक गाउँपालिका ६ घर भई हाल भण्डारामा डेरा गरी बस्ने वर्ष २७ को सुजन विश्वकर्मा, जिल्ला नवलपरासी (सुस्ता पूर्व) प्रतापपुर गाँपालिका ६ बस्ने वर्ष २६ को धर्मराज केवट र भारतको महाराजगन्ज घर भई भण्डारा बस्ने वर्ष ४२ को ध्रुव विश्वकर्मा रहेका छन् ।
पक्राउ परेका व्यक्तिहरुबाट डाईजेपाम ३८ एम्पुल, फेनारागन ३२ एम्पुल र ब्युप्रिनुफिर्न ३७ एम्पुल गरि जम्मा १०७ एम्पुल बरामद गरेको छ । चितवन जिल्ला अदालतबाट ७ म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts