कालीकोट । सुर्खेतबाट कालीकोट आउँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जीप दुर्घटनामा ज्यान गुमाएका चारमध्ये तीन जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार बिहीबार बिहान दुईबजे ६ जना यात्रु लिएर कालीकोट आउँदै गरेको बोलेरो जीप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना थियाे ।
दुर्घटनामा कालीकोटको शुभकालीका गाउँपालिका–३ का ३७ वर्षीय बीरेन्द्र बिक, ३१ वर्षीय नवराज बिक र २१ वर्षीया पुष्पा बिकको मृत्यु भएको खुलको हो । दुर्घटनामा परी ज्यान गुमाएका अर्का एक जनाको भने सनाखत हुन् सकेको छैन् । दुर्घटनामा अन्य २ जना घाइते भएको प्रहीले जनाएको छ ।
घाइते हुनेमा कालीकोटको खाँडाचक्र नगरपालिका–७ का २५ वर्षीय नरेन्द्र बिष्ट र शुभकालिका गाउँपालिका–३ का २८ वर्षीय नरि बिक रहेका छन् । घाइते दुईजनाको प्रादेशिक अस्तपाल सुर्खेतमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार जीप सडकबाट ३ सय मिटर तल खसेको छ । घटना ढिलो गरी थाहा भएकाले बिहान मात्र प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा