मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा कार दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ भने २ जना घाइते भएका छन् ।
कार दुर्घटनामा परी गम्भीर घाइते मकवानपुरको मनहरी गाउँपालिका-८, बेलुवाका २६ वर्षीय अर्जुन नेपालीको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र एक पुरुषको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
गम्भीर घाइते मध्ये नेपालीको मृत्यु भएको हो। घटनास्थलमै मृत्यु हुने ३ महिनाकी शिशु अर्जनुकै छोरी भएको प्रहरीले जनाएको छ। बुधबार काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते मकवानपुरको मनहरी गाउँपालिका ८ की २३ बर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका-१, लोथरकी ३५ बर्षीया सानोकान्छी तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ। कार सडकबाट करिब २ सय ५० मिटर तल खोल्सामा कार खसेको थियो।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts