काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले इटहरी शाखाबाट ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । मंगलबार इटहरी उपमहानगरपालिका कार्यालय परिसरमा ज्येष्ठ नागरिक समाज समूहका ८५ ज्येष्ठ नागरिकसँग बचतको बानीले भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबारबारेमा अन्तरक्रियाका साथै ज्येष्ठ नागरिकलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।







Breaking news with related posts