मकवानपुर । मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५, बाघखोरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय १३ वर्षीय रोहित रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार दिउँसो सडक निर्माणको लागि स्थापना भएको अमर कन्ट्रक्सनको बाघखोर क्रसर उद्योगको ट्रान्सफरको विद्युत प्रवाह भइरहेको तारमा छुन पुग्दा घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको र शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको जानकारी दिइएको छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts