झापा । गएराति चट्याङ र वर्षासँगै आएको हावाहुरीका कारण झापाको ठूलो क्षति भएको छ ।
विजुलीका पोल ढलेका छन् ।विद्युत आपूर्ति बिहान राति २ बजे अगाबैदेखि बन्द भएको छ । सयौँ घरमा क्षति पुगेको छ ।
रुखहरु ढलेका छन् । मकै तथा बाली तरकारी, फलफूलमा ठूलो नोक्सान पुगेको प्रारम्भीक विवरण आएको छ ।
क्षतिको पूर्णविवरण आउन बाँकी छ । हावाहुरीले पूरै जिल्ला प्रभावित भएको हो या आंसिक प्रभावित भएको हो यकिन भइसकेको छैन ।











