काठमाडौं । चलचित्र ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड हुनुहुन्छ । ताललाई पृष्ठभूमिमा राखेर बनाइएको पोस्टरमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देख्न सकिन्छ । दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा राजु गिरीको निर्देशन, हरिबहादुर थापाको निर्माण र भोजराज देवकोटाको पटकथा तथा संवाद छ ।
लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ ।
चलचित्रमा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी छ । चलचित्रमा रामेश्वर हुँमागाईंको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन छ । चलचित्रको वितरणको आरआर फिल्मस्ले गर्दैछ । चलचित्र साउन ११ गतेदेखि सिनेमाघरमा आउने तयारीमा छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts