काँग्रेसद्वारा संसदीय छानबिन समिति बनाउन भएको सहमति अनुमोदन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडाैं । प्रमुख प्रतपक्ष दल नेपाली काँग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समिति बनाउन भएको सहमतिलाई अनुमोदन गरेको छ ।

मंगलवार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले सहमतिलाई अनुमोदन गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठकमा नेपाली काँग्रेस लगायत संसदमा प्रतिपक्षमा रहेका राजनीतिक दलहरु सहकारीको रकम हिनामिना, अपचलन भएको सम्बन्धमा छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्ने प्रक्रिया निस्कर्षउन्मुख रहेको र सोमवार भएको सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको बताउनु भयो ।

उहाँले सोमवारको बैठकले कार्यादेश, सदस्यहरु सबै सहमति गरिसकेकाले आजको प्रतिनिधि सभाको बैठकमा कार्यदलले अन्तिम रुप दिएपछि संसदमा आएर समितिका रुपमा बन्ने बताउनु भयो । उहाँले ४ बजेको प्रतिनिधि सभा बैठकमा कार्यादेश सहितको सहमति बैठकबाट पारित हुने गरेर प्रश्तुत हुने जानकारी दिनुभयो । काँग्रेसले समितिका लागि आफ्नो तर्फबाट ३ बजेसम्म नाम दिइसक्ने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘आजको बैठकमा नेपाली काँग्रेस लगायत संसदमा प्रतिपक्षमा रहेका राजनीतिक दलहरु सहकारीको रकम हिनामिना, अपचलन भएको सम्बन्धमा छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग हामीले गर्दै आएका थियौँ । त्यसका बारेमा विभिन्न विचारहरु थिए । त्यसमा छलफल चलेकै थियो । हिजो संघीय संसदमा भएका मुख्य राजनीतिक दलहरुको बीचमा संसदीय छानबिन समिति गठन गरेर जाने सहमति भयो । कार्यादेशमा पनि सहमति भयो । कति सदस्य समिति हुने, अवधि कति हुने भन्ने सहमति पनि भयो । त्यो सहमति निस्कर्षउन्मुख सहमति भनेका छौँ । निस्क्र्षमा पुग्ने स्थिति बनेको छ । निस्कर्षउन्मुख सहमतिलाई काँग्रेस संसदीय दलको बैठकले अनुमोदन गरेको छ । कार्यदलले अन्तिम रुप दिएपछि संसदमा आएर समितिका रुपमा बन्छ । ४ बजेको प्रतिनिधि सभा बैठकमा कार्यादेश सहितको सहमति बैठकबाट पारित हुने गरेर प्रस्तुत हुन्छ । हामी हाम्रो तर्फबाट समितिमा बस्ने मान्य सदस्यहरुको नाम तीन बजे भित्रसम्म दिइसक्छौँ संसदको सचिवालयलाई ।’

उहाँले समग्र सहकारीको बारेमा कानूनी र संस्थागत प्रवन्धको अनुगमन, उचित मूल्यांकन हुने कुरामा विशेष जोड दिनुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज