मुगु । सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकले आफ्नो पेशागत हकहित र संरक्षणका लागि प्रधानाध्यापक संघ गठन गरेका छन् ।
पिन्सिपल एशोसिएसन अफ नेपाल (पान) केन्द्रिय समितिको निर्देशन अनुसार आज मुगुमा पनि जिल्ला कार्य समिति गठन गरिएको हो ।
जिल्ला सदरमुकाम गमगढी स्थित जिल्ला कै नमुना विद्यालय महाकाली नमुना माध्यामिक विद्यालयको आयोजनामा शनिवार जिल्ला भरिका सामुदायिक विद्यालयहरुमा कार्यरत प्रधानध्यापक भेला भएका थिए ।
भेलाले महाकाली माध्यामिक विद्यालयका प्रअ खडकबहादुर रोकायाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा विर्ख बहादुर बढुवाल,सचिवमा सुवास रावल,कोषाध्यक्षमा रन्जिता कर्ण मल्लिक,सहसचिवमा नरेश शाहि सहित २५ सदस्यीय जिल्ला कार्य समिती सर्व सम्मत निर्वाचित भएको अध्यक्ष खड्क बहादुर रोकायाले बताउनु भयो ।
भेलाले जिल्लाका चार पालिकामा पनि पालिका स्तरिय समिती गठनका लागि संयोजक तोकेको छ ।
जस अनुसार सोरु गाउँपालिकाको लागि राज बहादुर मल्ल,खत्याड गाउपालिकाको लागि टंक संज्याल, मुगुम कार्मारोङ्ग गाउँपालिकाका लागि लग्नसिङ्ग सेजुवाल र छायानाथ रारा नगरपालिकाको लागि चन्द्र प्रकाश बढुवाल संयोजक रहेका छन् ।
बन्द सत्र शुरु हुनु भन्दा अघि भएको उद्घाटन सत्रमा प्रमुख अथितिको रुपमा उपस्थित हुनु भएका जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्किले पान गठन हुनु खुशिको कुरा भएको र प्रअ भनेका बौद्धिक व्यक्ती तथा विधालयको नेता समेत भएकाले शिक्षक हक,हित अधिकारका साथै शिक्षण सिकाइ,पेशागत दक्षता,गुणात्मक शिक्षामा पनि सुधार ल्याउन योगदान दिने विश्वास व्यक्त गर्नु भयो ।
देशमा सबै तह तप्काका पेशागत संघ संगठन भएपनि हालसम्म प्र अहरुको संगठन थिएन । पान विश्वका धेरै देशमा कृयाशिल रहेकोमा नेपालले पनि यसको आवश्यकता र औचित्य महशुस गरि सदस्यता लिएको र अब पान नेपाल सहित २०० देशमा गठन भएको छ । नेपालमा पनि शनिवार ७७ जिल्लामा गठन गर्ने कार्य भैरहेको र यो सस्था गैर राजनितिक,गैर नाफामुलक,गैर युनियन सस्था रहेको भेलालाइ शुभकामना दिनुहुदै नेपाल शिक्षक महासंघ केन्द्रिय सदस्य जङ्ग बहादुर शाहिले बताउनु भयो ।
प्रधानाध्यापकहरुको प्रतिनिधित्व गर्दै भेलालाइ सम्बोधन गर्नु भएका जन ज्योती माध्यामिक विद्यालय धुपी सोरु गाउँपालिकाका प्रधानाध्यापक सुवास रावलले पानले नारा र सिदान्त गैर राजनिती,गैर नाफमुलक र गैर युनियन राखेपनी त्यो अक्षरत पालना गरे नगरेको सस्थाका पदाधिकारी र सस्थाका भावी कृयाकलापले देखाउने बताउनु भयो ।
उद्घाटन कार्यक्रमका अध्यक्ष एव जिल्ला समिती गठनका लागि पानले तोकेको मुगु संयोजक खडक बहादुर रोकायाले पानको स्थापनाको आवश्यता, औचित्य,उद्धेश्य,गर्ने कृयाकलाप बारे सहभागी प्रअ तथा अथितिहरुलाई प्रस्तुति मार्फत जानकारी गराउनु भएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता