झापा । झापाको मेचीनगर नगरपालिका १० धुलाबारी बजार पश्चिम टिमाइ पुल नजिक अचेल अवस्थामा केहीबेर अघि भेटिएका एक व्यक्तिको मृत्यु भएको छ ।
सडकमा लडिरहेको अवस्थामा स्थानीयले देखेर उपचारका लागि नजिकै रहेको मेची आम्दा अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको स्थानीय सोम ओझाले बताउनु भयो ।
घटनाका बारेमा धुलाबारी प्रहरीलाई जानकारी गराइएको छ। ५५ / ६० वर्षको जस्तो देखिने उनको परिचय र वतन भने खुल्न सकेको छैन ।






