दोलखा । गौरिशंंकर गाउँपालिका वडा नम्बर नौ का चौंरी पालक कृषकहरुलाई लागत साझेदारीमा विभिन्न सामग्री सहयोग गरिएको छ । बागमती प्रदेश सरकारको पचास प्रतिशत अनुदान तथा कृषक समूहको पचास प्रतिशत लागत साझेदारीमा टासीनाम चौँरीपालक कृषक समूहमा संलग्न चौँरीपालक कृषकहरुलाई विभिन्न सामग्री सहयोग गरिएको हो ।
हालै बागमती प्रदेश सरकारको ५० प्रतिशत अनुदान तथा कृषक समूहको ५० प्रतिशत साझेदारीमा चौंरीपालन प्रवर्द्धन विकास कार्यक्रमअन्तर्गत चौँरी पालकहरुकालागि आवश्यक विभिन्न सामग्र्री हस्तान्तरण गरिएको गौरिशंकर गाउँपालिका वडा नम्बर नौ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो । चौरी प्रवर्धन विकास कार्यक्रमअन्तर्गत समूहमा आवद्ध सात चौँरीपालकहरुलाई आवश्यक पर्ने सोलारलगायत विभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको वडाध्यक्ष शेर्पाको भनाई रहेको छ ।
चौँरी पालक कृषकहरुलाई गोठमा उज्यालोको लागि सोलार बत्ति, दूध दुहुन प्रयोग गरिने रेनकोट दुई-दुई थान, गोठमा ओढाउने टप्लिन, टर्चलाईट तथा घाँसको बीउलगायतका सामग्री उपलब्ध गराइएको गौरिशंकर गाउँपालिका वडा नम्बर नौ वडा कार्यालयले जनाएको छ । यसैगरी सोही वडामा रहेको श्रीनाथमा टासिनाम चौँरी कृषक समूहमा आवद्ध चौँरी पालक कृषकहरुलाई काठका घ्याङको निर्माण भइसकेको तथा हस्तान्तरणको तयारी भइहेको वडाध्यक्ष शेर्पाको भनाई रहेको छ । छिट्टै नविनिर्मित घ्याङ (काठले बनेको गोठाला बस्ने काठे घर) एक कार्यक्रम गरी हस्तान्तरण गर्ने योजना रहेको वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । घ्याङ निर्माणबाट चौँरीपालकहरुलाई सुविधाजनक आवास प्राप्त हुने वडाको विश्वास रहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता