चितवन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. सौराहा, टाँडी शाखाले क्यान्सर पीडित लक्ष्मीदेवी श्रेष्ठलाई १० लाख उपचार खर्च प्रदान गरेको छ ।
कालिका नगरपालिका वडा नं ५ गडुवा निवासी श्रेष्ठले १० लाखको जीवन सहारा आजीवन बिमा योजना तथा घातक रोग सुविधा सहितको बिमा गर्नुभएको थियो । श्रेष्ठको निवासमा आयोजित औपचारिक कार्यक्रममा जनप्रतिनिधिको रोहबरमा कम्पनीका टाँडीशाखा प्रमुख राज कुशहवाले क्यान्सर पीडित श्रेष्ठसहित परिवारलाई रकम हस्तान्तरण गर्नुभयो ।
वडा नं ५ का वडाध्यक्ष दीपक बहादुर भट्टराई प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडा नं १ का वडाध्यक्ष सन्तबीर स्याङताङ, पेशगत बिमा अभिकर्ता संघका अध्यक्ष तथा वरिष्ठ एजेन्सी म्याजेजर पार्वती भूषाल, जुटपानी रेडक्रसका सभापति सभापति राजन रेग्मी, अर्थब बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यष दीपक राज वाग्ले, पेशागत बिमा अभिकर्ता संघका प्रमुख सल्लहाकार रामकृष्ण कार्की, संघका कोषाध्यक्ष विमला न्यौपाने, संघका सदस्य कृष्णबहादुर नेपाली, एजेन्सी म्यानेजरहरु सविता अधिकारी, कल्पना बजगाईँ, कृष्णमान श्रेष्ठ, सन्जोग चौधरी लगायतको उपस्थिति रहेको थियो ।
सौराहा टाँडीशाखा प्रमुख राज कुशहवाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts