काठमाडौं । इजी डेन्टलले चाबहिलको महाकांलबाट सेवा सुरु गरेको छ । ३० वर्षको अनुभव, दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिसहित शनिबारदेखि सेवा सुरु गरेको इजी डेन्टलले सेवा शुभारम्भका अवसरमा १५ दिनका लागि विशेष छुटको व्यवस्थासमेत गरेको छ ।
सेवा शुभारम्भका अवसरमा निःशुल्क ओपिडी तथा परामर्श सेवाका साथै दाँत सफा गर्ने र जरादेखि दाँतको उपचार आरसिटी पनि निःशुल्क गरिएको इजी डेन्टलका प्रमुख अजयकुमार रेग्मीले बताउनुभएको छ । इजी डेन्टलमा सामान्य दन्त चिकित्सा, बाल दन्त चिकित्सा, अर्थोडेन्टिक्स अर्थात् बांगोटिंगो दाँत मिलाउने सेवा उपलब्ध छ । त्यस्तै, सौन्दर्यिक दन्त चिकित्सा र दाँत निकाल्ने तथा दाँत मुखसम्बन्धी सर्जरी सेवासमेत रहेका छन् ।






