मुगु । संञ्चार तथा सुचना प्रबिधि मन्त्री रेखा शर्माले देशभरीका सबै जिल्ला र भुभागमा गुणस्तरीय ईन्टरनेट सेवा बिस्तार गर्ने बर्तमान सरकारको प्राथमिकता भएको बताउनु भएको छ ।
मुगु जिल्ला सदरमुकाम गमगढीमा बिस्तार हुन लागेको फाईबर ईन्टरनेट सेवाको आईतबार भ्रचुअल माध्यमबाट उद्घाटन गर्न आयोजित एक कार्यक्रममा मन्त्री शर्माले यस्तो म धारणा राख्नु भएको हो ।
प्रबिधिको बढ्दो बिकाससँगै दुरसञ्चार सेवा मानिसको आधारभुत आवश्यकता हुन थालिसकेको बताउँदै मन्त्री शर्माले समय सापेक्ष प्रबिधि पनि फेरिँदै जाने बताउनु भयो ।'हाल कर्णाली प्रदेशको दैलेख जिल्लाको दुल्लु, कालिकोट र जुम्ला हुँदै मुगुको गमगढीसम्म अप्टिकल फाईबर ट्रान्समिसन लिङ्कको बिस्तारको काम अघि बढेकाले आगामी वर्ष भित्र अप्टिकल फाईबर ट्रान्समिसन लिंङ्कको सेवा समेत बिस्तार हुने छ ।'
उद्घाटन कार्यक्रममा संधिय सांसद ऐनबहादुर शाही, जिल्ला समन्वय समितिका संयोजक मन्जन बहादुर कार्की , प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी लगायतका बक्ताहरूले नेपालको दुसञ्चार सेवाले पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो ।
नेपाल टेलिकमले पुरानो प्रबिधिको नेटवर्क लाई एफ टी टी एचमा माईग्रेसन गरी हाल उपलब्ध माईक्रो वयभ रेडियो लिंकको क्षमता बढाई एफ टी टी एच प्रबिधि बाट ५ एम बि पि एस क्षमताको टेलिफोन र ईन्टरनेट सेवा बिस्तार गरिएको नेपाल टेलिकम मुगुका प्रमुख प्रेमराज आचार्यले बताउनु भयो ।
हाल कर्णाली प्रदेशका सबै जिल्लामा फोर जि सेवा बिस्तार भैसकेको छ भने आजबाट हुम्ला बाहेक मुगुसहित ७६ जिल्लामा एफ, टी टी यच सेवा बिस्तार भएको पनि प्रमुख आचार्यले जानकारी गराउनु भयो ।
बार्षिक ईन्टरनेट प्याकेजको मूल्य रू ७,९९९ रहेको उच्च गतिको यो ईन्टरनेट सेवा बिस्तार भएपछि सेवाग्राहीहरू खुशी भएका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता