सर्लाही । जेठ १५ गतेबाट बयलवासमा योग विज्ञान शिविर हुने भएको छ ।
आज बिहान ईश्वरपुर नगरपालिकाको सभा हलमा आयोजित छलफलले जेठ १५ गते गणतन्त्र दिवसको शुभअवसर पारेर १९ गतेसम्म नारायण माध्यमिक विद्यालयको प्राङ्गणमा ५ दिने शिविर संचालन गर्ने निर्णय गरेको पतञ्जलि योग समिति गठन गरिएको हो ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, मेयर मनोजकुमार आचार्य, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, पतन्जली योग समितिकी राष्ट्रिय प्रभारी अर्चना घिमिरेको उपस्थितिमा भएको छलफलले मलंगवा, लालबन्दी, अत्रौली, सुखेपोखरीपछि अब बयलवासमा योग विज्ञान शिविर संचालन गर्ने निर्णय गरेको हो ।
योग शिविर संचालनको तयारीका लागि मेयर आचार्यको नेतृत्वमा ११ सदस्यीय समिति र उत्तमराज शर्माको संयोजकत्वमा २१ सदस्यीय ईश्वरपुर नगरपालिका स्तरीय पतन्जली योग समिति बनाइएको योग समितिका सदस्य प्रकाश मैनालीले जानकारी दिनुभयो । बयलवासको सोही कार्यक्रममा जिल्ला स्तरीय गणतन्त्र दिवस मूल समारोह समेत मनाइने भएको छ ।






