काठमाडौं । आगामी असार ७ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’ सार्वजनिक गरिएको छ । सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रदिप प्रखर पोखरेलको शब्द रचना रहेको गीतको भिडियो सार्वजनिक भएको हो । चलचित्रकी मुख्य अभिनेत्री पूजा शर्मा र डेब्यु अभिनेता कुन्साङ बोमजोमलाई गीतमा रोमान्टिक भावमा प्रस्तुत गरिएको छ ।
रूपेश तामाङको निर्देशन रहेको चलचित्रमा पवन राना मगर कार्यकारी निर्माता, देव मगर र अनुप गदाल निर्माता साथै सह–निर्मातामा कमला लिम्बू, पञ्चबहादुर तामाङ र आदर्श पौडेल हुनुहुन्छ ।
सन्जोग कुँवर रानाको पटकथा तथा संवाद र रविना थापा मगरको कथा रहेको चलचित्रमा हरिप्रसाद घलेको डिओपी र बन्दे प्रसादको सम्पादन छ । श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रमा कविराज गहतराज तथा रामजी लामिछानेको कोरियोग्राफी छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts