हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका–४ सादेपुलमा स्कुटर र ट्र्याक्टर आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौँडा–१३ बस्ने ४५ वर्षीय केशव मुडभरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीको अनुसार, बुधबार साँझ अन्दाजी ८ बजेको समयमा फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको ना ६६ प ९३०३ स्कूटर र विपरित दिशाबाट जाँदै गरेको ना ७ त २२५९ नम्बरको ट्याक्टर आपसमा ठोक्किएर दुर्घटना हुँदा भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मुडभरीको उपचारको क्रममा रातको ९ बजे हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको र चालकको खोजी कार्य भइरहेको जनाएको छ ।







