कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने भएको छ ।
आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत लिने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।
मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिँदै हुनुहुन्छ । आज एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप पनि लगाएको छ ।
संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत दिन ह्विप लगाएको बताउनु भयो । उहाँले विश्वासको मत दिने र सरकार बाहिरैबाट हामीले समर्थन गर्ने निर्णय गरेको बताउनु भयो ।






